हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला | फागुन ९, २०८०

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला:    हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो । 


सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, बन्द हुने र बेलाबेला हिमपात भइरहने भएको कारण हवाई सेवा सुचारु हुन नसक्ने उनले बताए । 


हवाई सेवा सुचारु गर्न बेलाबेला आकाश खुल्ने गरेको भएपनि अन्य कुनैपनि मापदण्ड पूरा नभएको कारण उडान हुन नसक्ने भएको छ । नेपालगञ्जबाट सीता, समिट र तारा एयरको जहाजबाट उडान भर्ने तालिका थियो । हवाई सेवा अवरुद्ध भएपछि दुवैतिरका हवाई यात्रु मर्कामा परेका छन् । विद्यालयहरु सञ्चालनमा आइसकेको कारण विशेषगरी हिउँदे बिदामा निस्किएका शिक्षकहरु नेपालगञ्जमा रोकिनुपरेको छ ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्